बोल्ने कला

बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एक जना महाशयले आफ्नो घरमा रात्री भाजको आयोजना गरेका रहेछन् । तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनाहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभिमान शैलीमा भनेछन् ः “खै आउनु पर्ने मान्छे त आएनन् नि !” उनको कुरा सुनेर उपस्थित पाहुनाहरु मध्य केहिले सोचे– ‘आउनु पर्ने मान्छे त आएनन्, मतलव हामी त नआउनु पर्ने मान्छे पो रहेछौं । ’ यति सोच्ने वित्तिकै उपस्थित ३० जना मध्य १० जना त्यहाबाट निस्केछन् ।
ति महाशयले आईसकेका पाहुना पनि फर्केको देखेर फेरी भने ः “नजानु पर्ने मान्छे पनि गए ।” यो वाक्यलाई पनि बाँकी पाहुना मध्यका केहिले अर्काै अर्थमा लिए — ‘ ओहो ! उनिहरु नजानु पर्ने मान्छे भए जानु पर्ने मान्छे त हामी पो रहेछौं ।’ यति सोचेर फेरी अरु १० जना पाहुना पनि त्यहाबाट निस्केछन् ।
यस पटक उसलाई आपूmले बोल्दा केहि गल्ति भएको आभाष भएछ र उनले आपूmलाई प्रष्ट पार्ने हेतुले भने ः “मैले उनीहरुलाई लक्षित गरेर त्यसो भनेको होईन ।” तर यो वाक्यको पनि अर्कै अर्थ निक्ल्यो । बाँकी १० जनाले सोचे ‘ ति जानेहरुलाई लक्षित नगरेको भए हामीलाई नै लक्षित गरेर भनेको होला ।’ यति सोचेर बाँकी १० जना पनि तुरुन्तै विना भोजन त्यहा बाट निस्केछन् ।

दिलिप आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *