अनौठो यात्रा

एक दिनको कुरा हो—सुजी सन्दिप र पिंकी तीनै जना संधै झैं स्कुतरबाट फर्के पछि खाना खाईवरी पढ्न बसेका थिए । सन्दिपको एउटा चकचके बानी थियो । पढ्दा उसलाई खुट्टा हल्लाउनु पथ्र्याे । खुट्टा हल्लाउन सजिलो होस् भनेर उ भुईमा छाति टेकाएर लम्पसार परेर पढ्ने गथ्र्याे । यति खेर पनि उ त्यसै गर्दै थियो । यसरी खुट्टा हल्लाउदाँ दराज तिर ठोकिएर एकनासको कटाककुटुक आवाज आईरहेको थियो । यस आवाजले सुजीको ध्यान त्यतै गयो । तिनले त्यतै हेरिन् । सधै त तिनी भाईको यस्तो चकचके बानी माथि झर्कने गर्थिन् । तर आज भने अर्कै सोचमा लागिन् । सोच्न लागिन् कसरी भाईका यी खुट्टाहरु चलिरहेका छन् ।
सुजी जस्ती पढन्ते केटी किन यस्तो साधारण कुरामा घोत्लिन पगिन् । चकचके भाईका खुट्टा चल्यो त के नयाँ कुरा भयो ? तर होईन असाधारण मान्छेले साधारण कुरामा ध्यान दिन लाग्यो भने त्यो कुरा साधारण रहिरहँदैन । प्रशिद्ध वैज्ञानिक न्युटनकै कुरा लिउँ – उनी एकपल्ट बगैंचामा बसिरहेका बेलामा बोटबाट स्याउ भुइँमा खसेछ रे । बस् त्यहि कुरामा न्युटन घोत्लिन लागेछन् रे । उनको मनमा प्रश्न आएछ –किन यो स्याउ भुइँतिर खस्यो ? यसो कुरा सुन्दा हाँसो उठ्ने कुरो हो कि होइन ? भुइँमा नखसी कहाँ खस्ने त ? आकाशतिर जाने ? तर, यहि घोतरकाईले गर्दा उनले पृथ्वीको गुरुत्वाकर्षण बारे नयाँ कुरा पत्तो लाए ।
हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भनेझैं पछि सप्रने मान्छको लक्षण अगाडि नै देखिन्छ । त्यही लक्षण सुजीमा देखिदै छ । सुजी हरेक कुरालाई गमेर लिने गछिन् । बुढापाकाले यसै भन्थे भनेकै भरमा सर्लक्कै जस्ताको त्यस्तै कहिल्यै विश्वास गर्दिनन् । प्रत्यक्ष प्रमाण नभएका वा त्यसरी प्रमाणित गर्न नसकिने कुराहरुलाई तिनी विश्वास गर्दिनन् । प्रमाण नभएको कुरा मान्नुलाई अन्धविश्वासर भन्ने गर्छिन् ।

ः डा. कविताराम श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *